काठमाडौं– प्राइम कमर्सियल बैंकले चालु आवको चैत मसान्त सम्म २ अर्ब ८१ करोड ७६ लाख बराबरको रकम आम्दानी गरेको छ । गत आवको यही अवधिमा बैंकले २ अर्ब ३ करोड ६७ लाख खुद नाफा कमाएको थियो ।
चालु आवको चैत मसान्त सम्म बैंकले १ खर्ब ४० अर्ब ५२ करोड ३१ लाख निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब ८५ करोड २६ लाख बराबरको रकम कर्जा लगानी गरेको छ । जस बाट कम्पनीले ४ अर्ब ४० करोड ६४ लाख ब्याज बाट खुद आम्दानी गरेको छ । त्यस्तै बैंकले फि तथा कमिसन मार्फत १ अर्ब ३५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ भने कम्पनीले अप्रेसन मार्फत ५ अर्ब ४४ करोड २१ लाख नाफा आर्जन गरेको छ ।
चालु आवको चैत मसान्त सम्म चुक्ता पुँजी १६ अर्ब ८ करोड ३० लाख पुगेको छ । गत आवको सोही अवधिमा बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.८९, सञ्चालन नाफा ३९.२८, निक्षेप १७.६५, कर्जा लगानी १६.६८ प्रतिशतले बढेको छ भने आधार ब्याजदर २.७१, कोषको लागत २.५३ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोष ५ अर्ब ६ करोड ३७ लाख र शेयरधनी कोषमा २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १४.०७, खराब कर्जा अनुपात ०.८६, कोषको लागत ५.५०, कर्जा निक्षेप अनुपात ८२.३१, आधारदर ७.१४, स्प्रेडदर ४.३८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४५.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.३१ गुणा छ ।
प्रतिक्रिया