काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले सो अवधिसम्ममा ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.२३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी भने ३०.९४ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २१.९७ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ पुगेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १९ पैसा बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.८२ गुणा रहेको छ ।
प्रतिक्रिया