साधना लघुवित्तको नाफा साढे ७ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ७ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २९७.१४ प्रतिशतले बढी हो ।  गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १ करोड ९० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

तेस्रो त्रैमाससम्म लघुवित्तले १५ करोड ९५ लाख ८४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ११२.५७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड ५० लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म संस्थाको सञ्चालन मुनाफा पनि ६८४.७५ प्रतिशतले बढेर ९ करोड ४२ लाख ५७ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन मुनाफा एक करोड २० लाख ११ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी २५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोषमा ९ करोड ४० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६१ पैसा रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया