एक्सेल डेभलपमेन्ट बैंकको  नाफा १२ करोड नजिक, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं-  एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।

बैंककोएक्सेल डेभलपमेन्ट बैंकको  नाफा १२ करोड नजिक, प्रतिशेयर आम्दानी कति ? नाफा अघिल्लो वर्षको भन्दा ३६.७९ प्रतिशतले बढी हो । गत आवको सोही अवधीको तुलना  बैंकले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज आम्दानी ०.७५ प्रतिशतले घटेको छ । गत वर्ष ३२ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो त्रैमासमा घटेर ३२ करोड ७१ लाख रुपैयाँमा झरेको छ । 
 
बैंकले सञ्चालन नाफा भने १२ करोड २९ लाख रुपैयाँबाट बढाएर १६ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ । चैतसम्म एक्सेलले ११ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २६ करोड ९४ लाख रुपैयाँ रहेको छ । 
 
यसको खराब कर्जा ३.६६ प्रतिशतबाट घटेर २.६२ मा झरेको छ । यसको कस्टअफ फन्ड ४.७१ प्रतिशत रहेको छ । चैत मसान्तसम्म आइपुग्दा एक्सेलको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा  पैसा र र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९६ पैसा छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया