थुनामा रहेका २० जनामा कोरोना पुष्टि, एक हप्ताका लागि निषेधाज्ञा जारी

५ बर्ष अगाडि

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ ।   जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबारदेखि एक हप्ताका लागि  निषेधाज्ञा जारी गरेको हो । 

कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा हुनेछ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द  गरीने छ । 

यस्तै थुनामा रहेका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको  जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया