काठमाडौंका बसपार्क वरपर मापदण्ड कार्यान्वयन भएन

५ बर्ष अगाडि

राजधानीमा पुरानो बसपार्क वरपरका पैदलमार्ग बेलुकी व्यापारीले ढाकेका हुन्छन् । बेलुकीको बजार हेर्दा लाग्छ देशमा कुनै रोगको महामारी नै छैन । बेलुकी सवारी चढ्न पैदलमार्ग भएर जाने यात्रुले बाटो पाउँदैनन् । सुन्धाराबाट पुराना बसपार्क, रत्नपार्कको वरिपरि र राष्ट्रियसभा गृहबाट पुराना बसपार्कसम्मको दुवैतर्फका पैदलमार्ग व्यापारीले भरिभराउ हुन्छन् । 

यहाँ २५ जनाभन्दा बढी भेला हुन नपाउने मापदण्ड कार्यान्वयन हुन नसकेको सार्वजनिक यातायात चढ्न रत्नपार्क जाँदै गरेका  टीकाथलीका यात्रु रामकृष्ण गुरागाइँले गुनासो गरे। बस चढ्न पैदलमार्गमा हिँड्दै सङ्क्रमण फैलने डर भएको उनको भोगाइ छ । 

पुराना बसपार्क क्षेत्र रहेको काठमाडौँ महानगरपालिका वडा नं। २८ का अध्यक्ष भाइराम खड्गी कोभिडसम्बन्धी विषयमा छलफल गर्न आज बोर्ड बैठक बस्न लागेकाले यस विषयमा कुरा राख्ने तयारी गरेको बताउछन् । पैदलमार्ग व्यापारीका कारण पुरानो बसपार्क क्षेत्रमा दूरी कायम गर्न नसकिने अवस्था रहेको उनले स्वीकारे  ।

५ बर्ष अगाडि

प्रतिक्रिया