काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडको बैंकिङ सेवा अवरुद्ध हुने भएको छ ।
कम्पनीको डे काउन्टर, इभिनिङ काउण्टर, होलिडे काउण्टर, एटिएम, इन्टरनेट बैकिङ, मोबाइल बैंकिङ एण्ड ब्रान्चलेस बैंकिङ सेवाबाट प्रदान गर्दै आएको सेवाहरु वैशाख १६ गते बेलुका ६ बजेदेखि वैशाख १९ गते बिहान ६ बजेसम्मका लागि बन्द हुने बैंकले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
बैंकले प्रयोग गर्दै आएको कोर बैंकिङ सिस्टमलाई प्रतिस्थापन गरी वैशाख १९ गतेबाट फिनाकल कोर बैंकिङ प्रयोग गर्न लागेसँगै बैकिङ सेवा अवरुद्ध हुने भएको हो।
प्रतिक्रिया