काठमाडौं- स्वरोजगार लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा साढे ९१ प्रतिशत बढीले बढेको छ । लघुवित्तको चालु आवको चैत मसान्तसम्म ११ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण यस्तो देखाएको हो ।
गत आवको यसै अवधिमा ५ करोड ८७ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको खुद नाफा ९१.६९ प्रतिशतले बढेको हो ।
नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३.५८ रुपैयाँ बढेर ३६.५२ रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष ६०.३७ प्रतिशत बढेर १६ करोड ५२ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ सापटी गरी ५ अर्ब २१ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट २३ करोड ७ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ८ करोड ८३ लाख ५२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.५४, सञ्चालन नाफा ४२.३४, निक्षेप ४४.१६ र कर्जा लगानी ५५.५३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया