काठमाडौं– चालु आर्थिक बर्षको चैत मसान्तसम्म एभरेष्ट बैंकले रु. १ अर्ब ५० करोड खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशन गरेको तेस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । बैंक गत आवको सोही अवधीमा रु. २ अर्ब ३५ करोड नाफा कमाएको थियो । चालु आवको समिक्षा अवधीमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै बैंकले समिक्षा अवधीसम्ममा रु. १ खर्ब ५५ अर्ब ६५ करोड निक्षेप संकलन भएको छ । बैंकको कर्जा प्रवाह भने रु. १ खर्ब २० अर्ब भन्दा बढी रहेको छ । बैंकले बैंक तथा वित्तिय संस्थालाई रु. ७ अर्ब ३ करोड ४६ लाख कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट बैंकले रु. ८ अर्ब ६० करोड ७७ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु. २ अर्ब ८१ करोड ४३ लाख रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ रहेको छ । वित्तिय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी भने रु. २२.६० रहेको छ ।
प्रतिक्रिया