काठमाडैं– नेपाल बंगलादेश बैंकले चालु आवको चैत्र मसान्त सम्म रु.१ अर्ब ६३ करोड ८४ लाख ९ हजार ६८३ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६१.३४ प्रतिशतले बिढी हो । गत आवमा बैंकले रु.१ अर्ब ५० लाख १० हजार १२१ नाफामा कमाएको थियो ।
यो अवधिमा बैंकले ब्याज बाट खुद नाफा १ अर्ब ९८ करोड कमाएको छ । यस्तै फि तथा कमिशन बाट बैंकले ८८ करोड आम्दानी गरेको छ ।
बैंकले ७३ अर्ब २९ करोड बराबरको रकम निक्षेपमा संकलन गरी ६६ अर्ब २७ करोड बराबरको रकम लगानी गरेको छ ।
प्रतिक्रिया