आरएमडीसी लघुवित्तले शेयर बिक्री गर्दै, कहिले सम्म आवेदन भर्न सकिन्छ ?

५ बर्ष अगाडि

काठमाडौं– आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले बैंक अफ काठमाण्डुको स्वामित्वमा रहेको १ लाख ४९ हजार ८०० कित्ता शेयर बिक्रीमा राखेको हो ।

शेयर खरिद विद्यमान शेयर सदस्य जो कोही ब्यक्ति, कम्पनी संघ संस्थाहरूले आफूले लिन चाहेको दररेट उल्लेख गरि दरखास्त दिन सक्ने छन् ।

शेयर खरिद आवेदन कम्पनीको सर्तहरूको अधीनमा रहि आगामी बैशाख २१ गते भित्र दिन कम्पनीले भनेको छ ।

बि.ओ.के. क्यापिटल मार्केट लि. कमलादीमा बोलपत्र आवेदन पेश गर्न सकिने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया