काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरूलाई २६ करोड रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले “क” वर्गका वाणिज्य बैंकको हकमा रु.२० करोड ८० लाख, “ख” विकास बैंकलाई रु.३ करोड ९० लाख र “ग” वर्गका वित्त कम्पनीलाई रु.१ करोड ३० लाख बराबरको रकम लगानी गर्ने भएको हो ।
बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उत्त रकम इजाजत प्राप्त बैंक तथा वित्तलाई लगानी गर्ने भएको हो ।
निक्षेप लिन चाहने कम्पनीहरूले बुधबार (बैशाख १५ गते) दिनको ४ बजे भित्र दरखास्त पेश गर्न राष्ट्र बैंकले भनेको छ ।
उक्त रकम बैंक तथा वित्तीय संस्थाहरूले ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन सक्ने छन् ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको , निष्कृय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको , खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको जस्ता शर्तहरू केन्द्रीय बैंकले राखेको छ ।
प्रतिक्रिया