निषेधाज्ञा हुन लाग्दा बुद्ध एयरले बढायो उडान

५ बर्ष अगाडि

काठमाडौं - बुद्ध एयरले आजबाट १६ गतेसम्मका लागि आफ्ना सबै गन्तव्यमा उडान संख्या थप गरेको छ ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी गरेपछि यात्रुहरूको सहजताका लागि आफ्नो उडान संख्या बढाएको बुद्ध एयरले जनाएको छ । 

हरेक उडान अघि जहाजलाई संक्रमणरहित बनाउन सरसफाइ गर्ने, उडानका क्रममा तापक्रम चेकजाँज, फेससिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्यान्ड सेनिटाइजर गरेर मात्र उडान भर्ने बुद्ध एयरले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया