स्पर्स लघुवित्तको खुद नाफा ३ करोड ५१ लाख

५ बर्ष अगाडि

काठमाडौं - स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक भएको विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९५.६८ प्रतिशतले धेरै हो । 

गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६३.८६ प्रतिशतले धेरै हो । 

गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । हालसम्म संस्थाको सञ्चालन मुनाफा पनि २ करोड २२ लाख रुपैयाँबाट बढेर २ करोड ३३ लाख रूपैयाँ पुगेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया