राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब २७ करोड, प्रतिसेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।  

बैंकले हासिल गरेको उक्त नाफा गत वर्षको सोहि अवधिसम्मको तुलनामा ७.६९ प्रतिशतले बढी हो ।  गत वर्षको सोहि अवधिसम्म बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

गत वर्ष बैंकको सञ्चालन मुनाफा बढेर ४ अर्ब ४२ करोड रुपैयाँ भएको छ । गत वर्ष सोहि अवधिसम्म बैंकको यस्तो मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । 

बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । खुद ब्याज आम्दानी घटेर ६ अर्ब ३४ करोड रुपैयाँमा सीमित बनेको छ ।  गत वर्ष ६ अर्ब ९७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको जगेडा कोष १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । 

यस्तै  प्रतिसेयर आम्दानी (ईपीएस) ४७.४७ रुपैयाँ रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया