निषेधाज्ञामा पनि यी कार्यालयहरू बन्द हुँदैन, कुन-कुन ?

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौंसहित उपत्यकाका  तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठकमा निषेधाज्ञा लगाउने सहमति भएको हो ।

आजै निषेधाज्ञाबारेको विस्तृत निर्णय सार्वजनिक गरिने छ । निषेधाज्ञामा यातायात पूर्ण रुपमा बन्द गरिने बताइएको छ । तर बैंक र सरकारी कार्यालय भने खुल्नेछन् ।

अत्यावश्यक र तोकिएका कामबाहेक निस्कनेमाथि कडाइ गरिनेछ । खाद्यान्नका पसल खुल्नेछन् । स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कानुनी दायरामा ल्याइनेसमेत सहमति  भएको छ । यसबाहेक निषेधाज्ञामा खोल्न पाइने र नपाइने विषयमा छलफल जारी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया