५५ वर्षीया आफ्नै आमाको हत्या गर्ने १८ वर्षीय छोरा पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ परेको छन् ।  एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका  छोरालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी प्रमुख  एसपी नवराज  अधिकारीका अनुसार २०७६ साल  कार्तिक  १६ गते  बिहान  कपिलवस्तु नगरपालिका -८ दोहनीका  २८ वर्षीय  सुरेन्द्र  कुर्मीले  आफ्नी  ५५ वर्षीय आमा  फुलमतीलाई  घरायसी  विवादका क्रममा  हत्या  गरेका  थिए  ।

आमाको  हत्या विरुद्ध  सोही  दिन  दिउँसो उनका  अर्का  छोरा  हेमराज  कुर्मीले   प्रहरीमा  किटानी  जाहेरी  दिएका  थिए  ।
  
प्रहरीले  हालसम्म  फरार  कुर्मीलाई  आइतबार जिल्लाको बुद्धभूमि  नगरपालिका -५  चौरी भन्ने  स्थानबाट  पक्राउ गरि  अदालतमा पेश  गरिएको  र  ५ दिन म्याद  थप  गरि  अनुसन्धान थालिएको जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया