प्रभु बैंक खुद नाफा २ अर्ब १० करोड ९६ लाख, वितरणयोग्य नाफा दोब्बर

५ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणका अनुसार बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब ४६ करोड ४१ लाख खुद नाफा कमाएको बैंकले ४४.०८ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा दोब्बर भएको छ । गत आवको यसै अवधिमा ७७ करोड ४९ लाख रहेकोमा १०५ प्रतिशत बढेर १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकको १० प्रतिशतले पूँजी बढेपनि प्रतिशेयर आम्दानी ४.९० रुपैयाँ बढेर २४.७९ रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ६३ अर्ब ७८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ३० करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ३ अर्ब ५ करोड ६४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६०, सञ्चालन नाफा ४६.८५, निक्षेप २७.२२ र कर्जा लगानी ३५.१२ प्रतिशत बढेको छ । बैंकको जगेडा कोष ४ अर्ब २७ करोड ३५ लाख र शेयरधनी कोषमा १ अर्ब ७२ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया