काठमाडौं - आकर्षक तलव र सुविधासहितको वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुर जिल्लाको वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय आयुष मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले ६ जना युवालाई भिजिट भिसामा कम्बोडिया पठाई त्यहाँ क्यासिनो ‘बोस गार्ड’मा काम लगाइदिने भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।
त्यसैगरी वैदेशिक रोजगारीको आवरणमा मानव बेचबिखन तथा ओसारपसार गरेको भन्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले पोखरकी बिमला बिक, भरतपुरका केशबहादुर विश्वकर्मा र लम्जुङका नवराज अधिकारीलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया