बुधबारबाट निषेधाज्ञा जारी हुँदै छ त ?

५ बर्ष अगाडि

काठमाडौं - दोस्रो लहरको कोरोना भाइरस संक्रमण भयावह हुँदै गएपछि काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने सरकारले तयारी गरेको छ । 

यसैबीच काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू कोरोना जोखिमबारे छलफल गर्न आज बैठक बस्ने भएका छन् । कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार बैठक बस्ने भएका हुन् । 

आज बस्ने बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने बताइएको छ । यसबारे काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले भने, 'सीसीएमसीको सिफारिस भन्ने हामीले पनि सुन्यौँ । सोमबार हामी छलफल गर्दैछौँ । त्यसपछि निर्णय गर्नेछौँ ।'

५ बर्ष अगाडि

प्रतिक्रिया