साउदीमा कोरोना सङ्क्रमण फैलाउनेलाई फर्किन नपाउने गरि देश निकाला

५ बर्ष अगाडि

साउदी अरेबियाले कोरोना सङ्क्रमण फैलाउनेलाई कारबाही गर्ने  भएको छ  । कोरोना संक्रमण रोक्न साउदीले तोकेको  मापदण्ड उल्लङ्घन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।

अन्तराष्ट्रिय संञ्चारमाध्यमका अनुसार साउदीमा  नियत बस कसैले कोरोना सङ्क्रमण फैलाएमा  पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल (१ करोड ५५ लाख नेपाली रुपैया ) जरिबाना तोकेको छ । कोरोना सङ्क्रमण फैलाउने आप्रवासीको हकमा  पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने पनि जनाइएको छ ।

साउदीमाअहिलेसम्म ४ लाख १० हजार १९१ जनामा कोरोना सङ्क्रमण भएको छ भने ६ हजार ८ सय ७८ कोरोना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

साउदीले गएको डिसेम्बर १७ देखि निःशुल्क रुपमा कोरोनाको खोप लगाउदै आएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया