काठमाडौं - आज आइतबारबाट एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।
बैंकले आरएमडीसी लघुवित्तमा रहेको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । उक्त सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी र संघ संस्थाले आज ९वैशाख १२ गते० देखि वैशाख २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य ४३७ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताहरुले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताहरुले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया