काठमाडौं - नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले हुम्ला सर्केगाड गाउँपालिका घर भएका १९ वर्षीय मुनबहादुर रावतलाई नियन्त्रणमा लिएको हो ।
इमाडोलबाट ग्वार्को तर्फ आउँदै गर्दा प्रहरीले शङ्का लागेर चेक गर्दा रावतको साथबाट ५ थान नक्कली नोट फेला परेको बताइएको छ ।
उनले त्यो नोट कहाँबाट ल्याए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया