काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले २ करोड १४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा कम्पनीले ३ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो चालु आर्थिक वर्षको चैत्र मसान्त सम्मको तुलनामा ३०.६८ प्रतिशतले बढि हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आय शतप्रतिशत बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा नाफा घटेको हो । कम्पनीको सञ्चालन खर्च ३०० प्रतिशत धेरैले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै सञ्चालन खर्च ५३ लाखबाट बढेर २ करोड २३ लाख पुगेको छ । प्रशासनिक खर्च शतप्रतिशत बढेर ५१ लाख पुगेको कम्पनीको वित्तीय खर्च २० लाखबाट वृद्धि भई २ करोड नाघेको छ । जसले नाफामा असर पुगेको देखिन्छ ।
चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ४.८८ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.८४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.५७ गुणा छ ।
चैत मसान्तसम्ममा कम्पनीको जगेडा कोषको आकार पनि ६२ प्रतिशतले घटेर २ करोड २४ लाख ६७ हजार रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया