आरएमडीसी लघुवित्तको ४ लाख बढि शेयर बिक्रीमा

५ बर्ष अगाडि

काठमाडौं– आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक तर्फको ४ लाख ५८ हजार ३५५ कित्ता शेयर बिक्री खुला गरेको छ ।

एन आई एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर कम्पनीले आज बाट बिक्रीमा राखेको छ । वित्तले प्रति कित्ता रु.४३७  मूल्य तोकी शेयर बिक्री गर्न लागेको हो  ।

शेयर आवेदन आगामी बैशाख २० गते पेश गर्न कम्पनीले भनेको छ ।

शेयर विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, संस्था तथा कम्पनीले खरिद गर्न सक्ने छन् ।

बोलपत्र आवेदन एन आई सी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल काठमाडौंमा बुझाउन सकिने कम्पनीले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया