मेरोमाइक्रो फाइनान्सको शेयर बिक्रीमा, कहिले सम्म गर्ने दरखास्त पेश ?

५ बर्ष अगाडि

काठमाडौं– मेरोमाइक्रा फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले एन आई सी एशिया बैंकको स्वामित्वमा रहेको ६२ हजार ३६८ कित्ता शेयर  बिक्री गर्न लागेको हो ।  कम्पनीले प्रति कित्ता शेयरको मूल्य रु.६०० मूल्य तोकेको छ ।

शेयर विद्यमान संस्थापकहरु वा जो कोहि व्याक्ति, कम्पनी, संस्था संस्थाहरुले खरिद गर्न सक्ने छन् ।

शेयर बोलपत्र आवेदन आगामी बैशाख २० गते कार्यालय समय भित्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

आवेदन एन आई सी एशिया क्यापिटलको कार्यालय बबरमहल काठमाडौं बाट प्राप्त गरि बुझाउन सकिने छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया