काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले बोनस शेयर वितरण गरेको छ ।
बैंकले गत माघ ८ गते बसेको साधारणसभा बाट पारित १३ प्रतिशत बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरे बमोजिम उक्त बोनस हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले गत पुस २१ गते सम्म शेयर अभौतिकीकरण गराएका शेयर धनीहरूको हकमा मात्र बोनस शेयर खातामा जम्मा गरिदिएको जनाएको छ ।
साथै हाल सम्म शेयर अभौतिकीकरण नगरेका शयर धनीहरूलाई शयर अभौतिकीकरण गराउन बैंकले भनेको छ ।
प्रतिक्रिया