नेपाल एसबिआई बैंकले पुतलीसडकमा एटिएम स्थापना गरेको छ ।
एटिएमको बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे ले आज उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संकलन अधिकृत याद भेंद्र कांत, सल्लाहकार छवि राज पन्त लगायतको उपस्थिति रहेको थियो ।
यस बैंकले ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया