कोरोना सङ्क्रमणबाट कांग्रेस नगर सभापतिको निधन

५ बर्ष अगाडि

नेपाली कांग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङ आज कोरोना सङ्क्रमणले निधन भएको छ । निमोनिया भएपछि उपचारका क्रममा आज बिहान ९ः०० बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । 

पिसिआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए। 

गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रहसमेत गरिएको उनले बताए । उनका अनुसार आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएको हो । प्रजिअ पाण्डेका अनुसार शवलाई झापामै अन्त्यष्टि गर्नका निम्ति प्रजिअलगायत अन्य सरोकारवालासँग समन्वय भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया