बढ्यो समता लघुवित्तको नाफा, कति प्रतिशत ?

५ बर्ष अगाडि

काठमाडौं - समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ९५.०३ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ९५.०३ प्रतिशतले नै बढेर १ अर्ब भन्दा माथि पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५३ करोड १८ लाख रुपैयाँ मात्र थियो । 

त्यसैगरी,  तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६१.३० प्रतिशतले बढेको छ । त्यस्तै, संस्थाको चुक्ता पुँजी २२ करोड ९३ लाख ४० हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ५० लाख ११ हजार रुपैयाँ रहेको छ । 

संस्थाको प्रतिसेयर आम्दानी ९ईपीएस० ३८ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया