लकडाउनको तयारी, कम्तीमा १ महिना गर्न सुझाब

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी सरकारले गरेको छ । कोरोना महामारी बढ्दै गएको र स्वास्थ्य सुरक्षा सावधानी नअपनाएको भन्दै सरकारले काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी गरेको हो । 

आज दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना लकडाउन गर्न सुझाव दिने सीसीएमसी सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने नाका १ महिना बन्द गर्ने र यातायातका साधन पनि चल्न रोक लगाउनु पर्ने अवस्थाबारे प्रधानमन्त्री ओलीलाई सीसीएमसी सचिवालयले ब्रिफिङ गर्ने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया