नक्कली बिल प्रयोग गरी २ अर्ब १९ करोड बढी राजश्व छली गर्ने १३ फर्मका १६ सञ्चालक विरुद्ध मुद्दा

५ बर्ष अगाडि

काठमाडौं - झुट्टा तथा नक्कली बिल बिजक प्रयोग गरी २ अर्ब १९ करोड बढी राजश्व छली गर्ने १३ फर्मका १६ सञ्चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ । राजश्व अनुसन्धान विभाले उक्त फर्मका सहचालकविरुद्ध मुद्दा दर्ता गरेको हो । 

विभागले अनिल गुप्ता एण्ड एशोसियटसका प्रोपराइटर अनिलकुमार गुप्ता तथा अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर प्रविण कुमार महतो समेत १३ फर्महरूका प्रोपराईटर गरी १६ जना प्रतिवादीहरू मुद्दा दर्ता गराएको छ । 

उनीहरूबाट २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदावी लिई शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

प्रतिवादीहरूले विभिन्न फर्महरूको नाममा नक्कली तथा झुट्टा बिक्री बीजक जारी गरी उक्त फर्महरुबाट कर बीजक बमोजिमको रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको आरोप छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया