एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउदैँ, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख २५ हजार ६०९ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्रीमा आउने भएको छ । 

बैंकको आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा आउने भएको हो । 

बैंकले सो सेयर वैशाख १६ गतेबाट लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको  छ । उक्त सेयरमा जेठ ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।  

लिलामीमा राखिने सेयरमा आरएमडीसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता रहेका छन् ।

आरएमडीसीको न्यूनतम प्रतिकित्ता ४९८ रुपैयाँ, ग्रामीण विकासको ४०० रुपैयाँ र युनाइटेड इन्स्योरेन्सको ३२१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त सेयरको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया