संस्थापक शेयर लिलामी ल्याउदैँ सारथी नेपाल लघुवित्त, कहिलेबाट ?

५ बर्ष अगाडि

काठमाडौं - सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले वैशाख १७ गतेदेखि ४ हजार १५८.५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले वैशाख २४ गते दिउँसो १.३० बजेभित्र कम्पनीको विक्री प्रवन्धक एनएबि क्यापिटलमा शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । 

उक्त शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतमा सम्पूर्ण कित्ताका आवेदन दिन सकिने कम्पनीले जानकाारी दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया