काठमाडौं - बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वर्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २४औं वार्षिक साधारण सभा वैशाख ३१ गते बोलाएको हो ।
सभा कम्पनीको आफ्नै प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभाको विशेष प्रस्तावमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेरगाभिने सम्बन्धि सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।
त्यस्तै, सभाले सञ्चालक समितिबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजको लागि कम्पनीले वैशाख १९ गते (एक दिन) लागि बुकक्लोज गर्ने भएको छ ।
प्रतिक्रिया