भारतमा अक्सिजनको हाहाकार : अस्पतालले नयाँ बिरामी भर्ना लिन छोड्यो, भर्ना भएकालाई बचाउन मुस्किल

५ बर्ष अगाडि

एजेन्सी - भारतमा कोरोनाको सङ्क्रमणले उग्ररूप लिएपछि अक्सिजनको हाहाकार भएको छ ।

राजधानी दिल्लीस्थित सर गंगाराम अस्पतालमा अक्सिजनको अभावमा पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार अस्पतालमा अब केही घण्टाको मात्र अक्सिजन बाँकी रहेको छ । साथै राजधानी दिल्लीका अस्पताल बाहिर अक्सिजनको अभावमा बिरामी छटपटाइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । 

गङ्गा राम अस्पतालमा मात्र अझै  ६० जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूलाई हाई प्रेसरको अक्सिजन चाहिनेमा अक्सिजनको प्रेसर नपुगेपछि अवस्था चिन्ताजनक बनेको अस्पतालले जनाएको छ । 

गंगाराम अस्पतालले भेन्टिलेटरले काम गर्न छोडेको बताएको छ । दिल्लीका चर्चित अस्पतालहरू फोर्टीस, म्याक्स अस्पतालहरूमा पनि अक्सिजनको अभाव भएपछि नयाँ बिरामी भर्ना लिन छोडेका छन् भने भर्ना भएका बिरामीलाई पनि बचाउन मुस्किल भइरहेको बताएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया