विकास बैंकको नाफा ३ अर्ब बढि, कुन बैंकले कति कमाए ?

५ बर्ष अगाडि

काठमाडौं– नेपालका राष्ट्रियस्तरका विकास बैंकहरुले ३ अर्ब बढी मुनाफा कमाएका छन् । यो नेपालमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंक मध्ये ५ वटा बैंकको ९ महिनाको तथ्याङ्क हो । गरिमा विकास, ज्योति विकास, मुक्तिनाथ विकास, महालक्ष्मी विकास र कामना सेवा विकास बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका हुन ।

वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूले  चालु आवको चैत मसान्त सम्म ३ अर्ब २७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन । 

चालु आवको ९ महिनामा मुक्तिनाथ विकास बैंकले गत आवको तुलनामा चालु आबमा ४८.७५ प्रतिशत अर्थात रु.१ अर्ब ५६ लाख खुद नाफा कमाएको छ । मुत्तीनाथा बैंकले गत आवमा रु.६७ करोड ६० लाख मुनाफ थियो । यो वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरु मध्ये सबैभन्दा बढि नाफा हो ।

यस्तै गरिमा विकास बैंकले चालु आवमा रु.६७ करोड करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको यहि अवधिको तुलनामा ३६.६३ प्रतिशतले धेरै हो ।  

ज्याति विकास बैंकले गत आवको चैत मसान्त सम्म रु.४३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने कम्पनी गत आवको सोही समयको तुलनामा चालु आवमा रु.१६ करोड ६५ लाख थप गरी आफ्नो नाफ रु.६० करोड २५ लाख पुर्याएको छ । 

यस्तै वित्तीय विवरण सार्वजनिक गर्ने महालक्ष्मी विकास बैंकले गत आवको चैत मसान्त सम्म रु.३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने चालु आवमा आफ्नो नाफामा १.५७ प्रतिशतले बृद्धी गरि रु.४० करोड ३६ लाख रुपैयाँ नाफा पुर्याएको छ ।

यसैगरी कामना सेवा विकास बैंकले चालु आवमा रु.५८ करोड ६१ लाख नाफा कमाएको छ । यो गत आवको चैत मसान्तसम्मको नाफाको तुलनामा १ सय ७२.०५ प्रतिशत बढि हो । गत आवको चैत मसान्त सम्म बैंकले रु.२१ करोड ५४ लाख रुपैयाँ रहेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया