काठमाडौं - एनआईसी एशिया क्यापिटल लिमिटेडले अनलाईन मार्फत डिम्याट खाता खोल्ने ग्राहकहरुका लागि १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराउने भएको छ ।
विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरि डिम्याट खाताको पहुच आम जनता माझ पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको क्यापिटलले दोस्रो चरणमा एक घण्टाभित्रै डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।
उक्त एक घण्टे सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुनेछ । यो सुविधा मार्फत उपत्यका बाहिरबाट समेत मार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने क्यापिटलले जनाएको छ ।
हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्न स्वयं व्यक्ति उपस्थित हुनुपर्ने भएको हुँदा अनलाईन मार्फत डिम्याट खाता खोल्नुहुनेहरुले खाता सक्सेसफुल्ली सम्मिसन भएको मितिले १५ दिनभित्र क्यापिटल वा आफुलाई पायक पर्ने कुनैपनि नजिकको एनआईसी एशिया बैंकको शाखा कार्यालयमा संक्कल नागरिकता लिई स्वयं उपस्थित हुनुपर्नेछ ।
क्यापिटलले आगामी असार मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्राहकहरुलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया