अव एक घण्टा भित्रै डिम्याट खाता

५ बर्ष अगाडि

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराउने भएको छ ।

बैंकले अनलाइन मार्फत खाता खोल्न चाहने ग्राहकहरूलाई मध्यनजर गरी यस्तो सुविधा ल्याएको हो । 

आइतबारदेखि बिहीबार सम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजे सम्म यो सेवा उपलब्ध कम्पनीले गराएको छ । 

अनलाइन बाट खाता खोल्नको लागी क्यापिटलको वेबसाइट वा सोझै खाताको लिङ्क क्लिक गरि आवश्यक विवरण भरी खोल्न सकिन्छ । अनलाइन मार्फत खाता खोल्नेहरुले खाता सक्सेसफुल्ली सम्मिसन भएको मितिले १५ दिन भित्र सक्कली  नागरिकता लिई स्वयं बैंकमा उपस्थित हुनुपर्ने छ । 

डिम्याट खाता देशको जुन सुकै ठाँउ बाट पनि खोल्न सकिने कम्पनीले जनाएको छ । साथै क्यापिटलले आगामी असार मसान्तसम्म अनलाइन मार्फत खाता खोल्नेको लागी नि–शुल्क सेवा उपलब्ध गराउने छ ।

यस अघि क्यापिटलले “एक नेपाली एक डिम्यट खाता” अभियान सञ्चालन गर्दै आएको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया