सकेसम्म अनलाइन सेवा दिन बीमा समितिको आग्रह

५ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा अपनाई सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ ।

समितिले सम्भावित संक्रमणबाट बच्नका लागि सुरक्षाका उपायहरु अवलम्वन गरी आफ्नो कारोबार सुचारु राख्न इजाजत पत्र सबै बीमा कम्पनीलाई निर्देशन दिएको हो । 

समितिले बिहीबार एक परिपत्र जारी गर्दै इजाजतपत्र बीमा कम्पनीलाई सेवा प्रवाह गर्दा सुरक्षाका उपायहरु अपनाई सेवा दिन निर्देशन दिएको छ ।

भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने वातावरण मिलाउन आग्रह गरेको छ । बीमकहरुबाट संचालन गरिने बैठक, अधिकर्ता तालिम, सेमिनार लगायतका कार्यक्रमहरु भैतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नु पर्ने अवस्था बाहेक अन्य समयमा विद्युतीय माध्इम÷भचुर्अल माध्यमबाट संचालन गर्ने गराउन आग्रह गरेको छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरुलाई एक आपसमा सम्पर्क नहुने गरी संक्रमणको न्यूनीकरण उपाय अपनाउन समेत समितिले आग्रह गरेको छ । सेवाग्राहीलाई सेवा दिन कर्मचारीहरुको कार्य विभाजन गरी कार्यालय समयमा सकेसम्म कम कर्मचारीहरु एपस्थित गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आगैह गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया