काठमाडौं - एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लगुवित्तको खुद नाफा २४७ प्रतिशतले बढेको छ ।
लघुवित्तले गत आवको यसै अवधिमा १२ करोड २७ लाख ८४ हजार खुद नाफा कमाएको थियो । चालु आवको यसै अवधिमा ४२ करोड लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । स्वदेशी लघुवित्तसँग मर्जर गरी चैत ८ गतेदेखि एकीकृत कारोबार थालेकाले लघुवित्तको नाफामा उच्च सुधार आएको हो ।
चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३२.७५ रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा कम्पनीको इपिएस १६।२९ रुपैयाँ रहेको थियो ।
चालु आवको ९ महिना अवधिमा चुक्ता पूँजी ७३.१६ प्रतिशत, जगेडा कोष २४९.५७ प्रतिशत, निक्षेप १७२.८२ प्रतिशत निक्षेप १७२.८२ प्रतिशत, सापटी १४४.२३ प्रतिशतले बढेको छ । यस्तै समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४२.९४ प्रतिशत, सञ्चालन नाफा २२०.१८ प्रतिशतले बढेको छ ।
चैत मसान्तसम्ममा २ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले १३ अर्ब ६९ करोड १७ लाख रुपैयाँ सापटी लिएर १५ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिमा लघुवित्तले ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरी ६२ करोड ४० लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
प्रतिक्रिया