राष्ट्र बैंकले ल्यायो ग्राहकहरुको गुनासो सुन्न नयाँ पोर्टल !

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले  ग्राहकहरुको गुनासो सुन्न नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकबाट अनुमति लिएका वित्तीय संस्थाहरूका सेवाग्राहीको गुनासो सुन्न र समाधान गर्न पोर्टल शुरू गरिएको हो । 

वित्तीय संस्थाबाट असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहार भएमा गुनासो गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

पहिले वित्तीय संस्थासँग सम्बन्धित गुनासो दर्ता गर्न  http://gunaso.nrb.org.np  यो लिङ्कमा  क्लिक गर्नुहोस्  । त्यसपछि त्यहाँ आफ्नो विवरण भर्नुहोस्, कुन वित्तिय सेवा प्रदायक हो छान्नुहोस र गुनासोको विवरण राखेर सबमिट गर्नुहोस् ।  

यति गरेपछि गुनासो दर्ता भएको जानकारी र दर्ता नम्बर इमेलमा प्राप्त हुनेछ । इमेलबाट सो जानकारी पाइसकेपछि यहाँ क्लिक गरी आफ्नो दर्ता नम्बर राखेर गुनासोको स्थिति थाहा पाउन सकिने छ । दर्ता भएको उक्त गुनासोको अन्तिम जानकारी इमेबाट गराइने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया