काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक भएको छ । कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक भएको हो ।
कम्पनीले आथिर्क वर्ष २०७५/७६ को वित्तीय विवरण बीमा समितिबाट बैशाख ६ गते स्वीकृति भए अनुसार बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।
कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ५० रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् । सबै अवधिका लघु सवाधिक जीवन बीमालेख, बीमा समिति लघु सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ बोनस दर दिने भएको छ ।
साथै सजिलो जीवन बीमालेख (एकल तथा सिमित अवधि भुक्तानी) सबै अवधिहरुमा प्रतिहजार १३ रुपैयाँ निरर्धारण गरेको छ । सुलभ जीवन बीमालेखमा २० रुपैयाँ देखि ३७ रुपैयाँ ५० रुपैयाँसम्म, उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा न्यूनतम ६० रुपैयाँ देखि ६५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० रुपैयाँ देखि ५५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।
प्रतिक्रिया