एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पपनीले नेशनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक समूहको शेयर वैशाख ५ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । 

नेशनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता न्यूनतम मूल्य रू.४६३ र नागरिक लगानी कोषको न्यूनतम रू। १ हजार ४५५ तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

दुवै कम्पनीको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।  

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया