एक हजार दरका ४१५ थान नक्कली नोटसहित तीन जना पक्राउ

५ बर्ष अगाडि

कठमाडौं - नक्कली (जाली) नोटसहित तीन जना पक्राउ परेका छन् । सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट पक्राउ गरीएका उनीहरुलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका छन् । पक्राउ परेकाको साथबाट प्रहरीले नेपाली नक्कली नोट एक हजार दरका ४१५ थान बरामद गरेका छन् । 

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया