११ गते उद्घाटन हुने धरहरामा राखियो ९५ तोला ३ लाल सुनसहित ३३० किलोको गजुर, सर्वसाधारणले मङ्सिरसम्म कुर्नुपर्ने

५ बर्ष अगाडि

काठमाडौं - पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचन सहित बुधबार बिहान ८ः०० बजेको शुभ साइतमा गजुर राखिएको हो ।

उक्त गजुर ३३० किलोको रहेको छ । गजुर तामाबाट बनेको छ । भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।  

अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाइएको हो ।

वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । 

त्यसका लागि आगामी मङ्सिरसम्मको समय कुर्नुपर्नेछ । वि.सं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । 

गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत रुपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया