आज रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं - रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख १० गते एक दिनको लागि बुकक्लोज गर्दैछ । 

सोही कारण फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ । फाइनान्सले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैशाख २२ गते एघारौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा लैनचौर बैंक्वेट, लैनचौरमा भर्चुअल माध्यमबाट सञ्चालन गर्नेछ ।

हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ । १० प्रतिशतका दरले ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँ पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया