प्रभु बैंक लिमिटेडले नुवाकोटको बेलकोटगढीमा आफ्नो साखा बिस्तार गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं।७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको महादेव फाँट शाखा कार्यालयको उद्घाटन वागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरे ।
उक्त शाखा कार्यालयको उद्घाटन गर्दै वागमती प्रदेशका मुख्य सचेतक पाण्डेले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।
प्रतिक्रिया