काठमाडौं - कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका आगन्तुकहरूलाई चन्द्रागिरी केबलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने छ । कोरोना विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीले विश्वास लिएको छ ।
यो योजना यहीँ वैशाख ९ गतेबाट शुरू भइ जेठ १७ सम्मको लागि मान्य हुनेछ ।
प्रतिक्रिया