बीमा गरेको चार दिनमा निधन भएका गुरुङको परिवारलाई दाबी भुक्तानी

५ बर्ष अगाडि

जीवन बीमा गरेको चार दिनपछि निधन भएका व्यास नगरपालिका–७ दुलेपानीका चन्द्रबहादुर गुरुङको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम प्रदान गरिएको छ । दाबी रकम बापत श्रीमती तथा छोरा मिलन गुरुङलाई रु पाँच लाख १८ हजार प्रदान गरिएको हो । 

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भोर्लेटार शाखामार्फत गुरुङले गत असोजमा जीवन बीमा गरेका थिए  । वार्षिक रुपमा करीब रु ४७ हजार जम्मा गर्ने गरी गुरुङले बीमाङ रु पाँच लाखको बीमा गरेका थिए  । कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्यसहितको टोलीले गुरुङको घरमा नै पुगी सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया